इटहरी : इटहरीमा सोल्टी ब्राण्डले पाँचतारे स्तरको ‘सोल्टी वेस्टेन्ड इटहरी’ सञ्चालनमा ल्याएको छ ।
आज (बुधबार) बाट पाँचतारे होटल ‘सोल्टी वेस्टेन्ड इटहरी’ सञ्चालनमा आएको हो ।
गरिमा प्राइभेट लिमिटेडको स्वामित्व तथा अन्तराष्ट्रिय स्तरमा प्रसिद्व रहेको सोल्टी होटलको सम्बद्व होटल व्यवस्थापक सहयोगी कम्पनीबाट व्यवस्थापन गरिने बताइएको छ ।
इटहरीको धरान लाइनमा रहेको होटलमा सुविधा सम्पन्न ८० वटा अतिथि कोठा रहेका छन् ।
गरिमा होटलको नाममा निर्माण सुरु भएको होटलले ५६ वर्ष पुरानो नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको पाँचतारे होटल सोल्टीसँग सम्झौता गरी सञ्चालनमा ल्याइएको गरिमा होटल प्रालिका अध्यक्ष भीमबहादुर पौडेलले बताए ।

उनका अनुसार दुई अर्ब लागतमा उक्त होटल स्थापना भएको हो । होटलमा दुई सय जनाले रोजगारी पाउने उनले बताए ।














Discussion about this post