संखुवासभा : संखुवासभाको धर्मदेबी नगरपालिका ३ मुढेशनिश्चरे स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय तेम्बा शेर्पा रहेका छन् ।
मुढेशनिश्चरे स्थितमा रहेको निर्माणाधिन भ्यु टावरको रेलिङ वेल्डिङ गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका शेर्पालाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post