इटहरी : इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
इटहरी १६ मेजर टोलस्थित करेन्ट लागेर एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरी कंकालिनी १ का ३० वर्षीय सन्जित मुखिया रहेका छन् ।
बुधबार साँझ ५ बजेतिर कल चलाउने क्रममा अचानक मोटरबाट करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकोइलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।











Discussion about this post