इटहरी : मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय बढी लाभान्वित भएका छन्
नोबेल मेडिकल कलेज विराटनगरको सहयोगमा आयोजित शिविरमा सुगर, प्रेसर, आँखा, नाक, कान घाँटी तथा स्त्री रोगका विषयमा चेकजाँच गरी बिरामीहरूलाई औषधि समेत वितरण गरिएको थियो ।
यस्तै अस्पतालका बालरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञहरूले पनि सेवा दिएका थिए । स्वास्थ्य परिक्षणमा आएका बिरामीहरूमा देखिएको समस्याको आधारमा शिविरमै भिडियो एक्स रे,इसिजी,ल्याब टेष्ट गरिएको थियो ।
इटहरीको किरात राई यायोख्याको भवनमा आयोजित स्वास्थ्य शिविरमा बालबालिका, वृद्धवृद्धा लगायत अन्य सबै उमेर समूहका गरी करिब पाँच सयले सेवा लिएको मेची महाकाली बुहारी संयुक्त आवाजकी सुनसरी संयोजक पूजा विडारीले बताइन् ।














Discussion about this post