Wednesday, September 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आफैँ काम गर्ने सहकारीबाट यसरी ठगिए इटहरीका पुरुष

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८०
in समाचार
0
आफैँ काम गर्ने सहकारीबाट यसरी ठगिए इटहरीका पुरुष
142
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी २ का डिकबहादुर कार्की धरानस्थित कृपा बचत तथा ऋण सहकारी संस्थामा कार्यरत थिए ।

सहकारीमा कलेक्टरसँगै कार्यालयकै काममा उनी व्यस्त हुन्थे । दैनिक गुजारा चलाउन सहकारीमा काम गर्दा सहजै हुने विश्वासले चिनजानकै साथीभाइसँगको आग्रहमा उनले काम सुरु गरे । करिब एक वर्ष काम नगर्दै उनी अहिले उक्त सहकारीमा काम गर्दाको पीडा भोगिरहेका छन् ।

धरान ५, महेन्द्रपथमा कार्यालय रहेको उक्त सहकारीमा कार्की पेम्बा शेर्पा र अनिल गौतममार्फत जागिर सुरु गरे ।

सहकारीमा तारा राई अध्यक्ष भनिएपनि कागजी रूपमा भने पेम्बा शेर्पा अध्यक्ष रहेको बताइन्छ । सहकारी गत साउनयता बन्द छ । सेवाग्राहीको भुक्तानी फिर्ता दिन नसकेर अहिले सहकारी बन्द अवस्थामा पुगेको छ । कर्मचारीहरूको भागाभाग भएका कारण कार्की समस्यामा परेका छन् ।

त्यसो त कार्कीले उनै शेर्पासँगको विश्वासले सेवाग्राहीलाई आफ्नो व्यक्तिगत चेक दिएका थिए । उनी अहिले सोही चेकका कारण उनी पिरोलिरहेका छन् । आँफूले चेक दिएका सेवाग्राहीबाट दैनिक फोन आउने र मानसिक रूपमा समस्या खेपिरहेको कार्की बताउँछन् ।

‘पेम्बा शेर्पाले तत्कालका लागि सेवाग्राहीलाई तपाईँको चेक दिनु सहकारीले केही दिनमै मिलाउँछ भनेर विश्वास दिलाएपछि मैले व्यक्तिगत चेक काटेँ,’ कार्कीले टाकुरासँग भने, ‘विभिन्न मितिमा जम्मा चारथान (४ लाख ८३ हजार) रुपियाँको चेक काटिएको छ, अहिले चेक साटिएको छैन ।’

आँफू सामान्य मान्छे रहेको, आयस्रोत समेत नभएका कारण अहिले आफ्नो व्यक्तिगत चेकमा पैसा नभएको र सहकारीका जिम्मेवार मान्छे नै फरार रहेको उनको भनाइ छ ।

‘त्यसबेला सहकारीका पेम्बा शेर्पाले तपाईँको व्यक्तिगत नामको चेक काटिदिनु, केही समयमै तिर्छु भनेको विश्वासका आधारमा कागज नै गराएर चेक दिएँ,’ उनले भने, ‘अहिले मलाई पश्चाताप भएको छ, सहकारीमा जागिर खानु नै भूल भयो । आफ्नै चिनजानका साथीहरूबाट ठगिएँ ।’

सहकारीले अहिले ७५ जनाभन्दा बढी सेवाग्राहीको ३० लाख रुपियाँभन्दा बढी रकम तिर्न बाँकी रहेको छ । खासगरी सहकारीले धरानको चतरा लाइन, मंगलबारे, बगरकोट, भानुचौक लगायतका क्षेत्रबाट बचत संकलन गथ्र्यो । तर, उक्त बचतबापतको रकम सेवाग्राहीलाई फिर्ता दिन नसक्दा कर्मचारीहरूकै भागाभाग भएको छ ।

यसअघि उनै शेर्पा र अनिल गौतममार्फत जागिरमा गएका कार्कीलाई अहिले सेवाग्राहीले फोन गरी पैसा मागेर हैरान बनाएका छन् । यी मध्येका अनिल भने इटहरीको कामक्ष सहकारीका अध्यक्ष थिए । उनी अहिले झुम्का कारागारमा पुर्पक्षमा छन् । सेवाग्राहीको भुक्तानी दिन नसकेर गौतम अघिल्लो भदौमै पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

‘सहकारीमा जागिर खाँदा उल्टै ठगिएँ, ग्राहकले अहिले दैनिकजसो मलाई ताकेता गर्छन्,’ कार्कीको दुःखेसो छ, ‘सहकारीले त्यसैबेला भुक्तानी फिर्ता गर्नुपथ्र्यो । बचत संकलन भएपनि अहिले कोही कर्मचारी सम्पर्कमा नहुँदा र मेरो घर नजिकै भएका कारण पनि मलाई ताकेता गरिरहेका छन् ।’

आँफूले काम गर्ने सहकारीबाटै ठगीमा परेको उनको भनाइ छ । यता, यस विषयमा बुझ्न पेम्बा शेर्पालाई पटकपटक फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

इलाका प्रहरी कार्यालय धरानले भने यस विषयमा सेवाग्राहीको उजुरी नआएको र उजुरी आएको अवस्थामा भने आवश्यक अनुसन्धान सुरु गरिने जनाएको छ ।

Tags: #ठगी#सहकारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    287 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.