इटहरी : इटहरीमा अवैध काठसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार बिहीबार राति १० बजेतिर इटहरी १२ खनारबाट
प्रहरीले अवैध काठसहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीको रायपुर ९ घर भइ हाल इटहरी १२ बस्ने श्रवणकुमार चौधरी रहेका छन् ।
कोसी राजमार्गस्थित सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७४ नम्बरको ट्रकललाई सोधपुछ गर्ने क्रममा ट्रक पछाडि लोड गरेर राखिएको विभिन्न जातका गोलिया काठ ४३२ किभी बरामद गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
काठ र ट्रकसहित पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय, तरहरा ल्याइएको प्रहरीले जनाएको छ ।














Discussion about this post