मोरङ : सुनसरीकी एक महिलालाई बलात्कार गरेको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीकी ३० वर्षीया महिलालाई विराटनगरमा बलात्कार गरेको उजुरीपछि एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लहान नगरपालिका ३ घर भई सिम्रीक होटलका सञ्चालक ४५ राजेश चौधरी रहेका छन् ।
जिल्ला प्रहरी मोरङका प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार ‘चौधरीले पीडित युवतीलाई आफू अविवाहित रहेकोले विवाह गर्ने झूटो आश्वासन दिई लामो समयदेखि यौन शोषण गर्दै आएको खुलेको छ ।
उनले लहानमा आफ्नो ठूलो होटल व्यवसायका साथै धेरै जग्गाजमिन रहेको र विवाह गर्ने प्रलोभनमा पारेर यौनशोषण गर्दै आएको पीडित युवतीले जनाएकी छन् ।
‘चौधरीले युवतीलाई विवाह गर्ने प्रलोभनमा पारेर लामो समयदेखि यौनशोषण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी नायब उपरीक्षक दाहालले भने, ‘युवतीले पछिल्लो समय विवाह गरेपछि मात्रै शारीरिक सम्बन्ध कायम गर्ने भनेपछि विराटनगरमा बोलाएर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौं ।’
उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गराएर अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।












Discussion about this post