झापा : झापाको बुद्धशान्ति गाउँपालिका १ मा मोटरसाइकल दुर्घटनामा परी एक विद्यार्थीको मृत्यु भएको छ ।
मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी एलिसा अधिकारीको शुक्रबार राति मृत्यु भएको हो ।
उपचारको क्रममा उनको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी स्थानीय सीता रमेश बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post