तरहरा : तरहरा जेसीजले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
इटहरी २० स्थित बहुभाषी विद्यालय प्राङ्गणमा सोमबार वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
विश्व वातावतरण दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बहादुर तामाङले बताए ।
कार्यक्रम संयोजक प्रभास गौतमका अनुसार विद्यालय परिसरमा ५० वटा विरुवा रोपिएको थियो । वातावरण स्वच्छ र सफा राख्नुपर्ने सन्देशसहित उक्त कार्यक्रमको आयोजना गरिएको गौतमले बताए ।
कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ प्रमुख अतिथि थिए भने कार्यक्रममा तरहरा साइक्लिङको सह–आयोजना रहेको थियो ।














Discussion about this post