मोरङ : मोरङको सुनवर्षी नगरपालिका ५ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४७ वर्षीय लक्ष्मी सरदार रहेका छन् ।
आज (बिहीबार) बिहान साढे १० आफ्नै घर पछाडि रहेको आँपको रुखमा चढेर हरियो बाँसले आँप झार्दा अचानक बिजुलीको तारमा छुन पुक्दा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका सरदारको उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।












Discussion about this post