झापा : झापाको बिर्तामोड नगरपालिका ५ शनिश्चरेबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नम्बर प्लेट नभएको इञ्जिन नम्बर 03S5C18L185573 र चेसिस नम्बर N-E303S5C1HL529250 को बुलेट मोटरसाइकलसहित चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा माई नगरपालिका ६ इलामका २२ वर्षीय मनिष गिरी र २७ वर्षीय खगेन्द्र भारती रहेका छन् ।
चोरीको मोटरसाइलसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।












Discussion about this post