Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राष्ट्रिय माविमा विद्यार्थीलाई स्वस्थ्यकर खाना खुवाउने अभियान, कुलत र विवादका घटना शून्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २९, २०८०
in समाचार
0
राष्ट्रिय माविमा विद्यार्थीलाई स्वस्थ्यकर खाना खुवाउने अभियान, कुलत र विवादका घटना शून्य
322
SHARES
Share on FacebookShare on Twitter

इटहरी : खाना मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित छ । अझ बालबालिकाका निम्ति उचित किसिमको खाना खाने बसाल्नु अभिभावकको दायित्व नै हो ।

विशेषत: बढ्दो आधुनिकता र बढ्दो व्यवस्तताका कारणले अचेल आफ्ना बालबच्चालाई अभिभावकले खुवाउने कुरामा कमै ध्यान दिने गरेको पाइन्छ । यसै कुरालाई मध्यनजर गरेर इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई स्वस्थ्यकर खाना खुवाउन अभियान नै सञ्चालन गरिरहेको छ ।

विद्यालयले वैशाख १४ गतेदेखि यस वर्षको नयाँ शैक्षिक सत्र प्रारम्भ गरेसँगै यसबारे अभिभावक र विद्यार्थी दुवैलाई सचेतना फैलाउँदै आएको छ ।

पछिल्लो डेढ महिनाको अवधिमा विद्यार्थीहरूले रोटी, हलुवा, चिउरा–तरकारी, भुटेको मकै, भुटेको भात, चाम्रे लगायतका खाजाका रूपमा विद्यालयमा ल्याएर टिफिनमा खाने गरेका छन् । तर, कतिपय अभिभावकले भने विद्यार्थीलाई अझै पनि पैसा दिएर पठाउने गरेका छन् ।

विद्यालयले थालेको अभियानलाई सार्थक बनाउन सोमबार मात्र लायन्स/लियो क्लब अफ मनकामना इटहरीले विद्यालयका छात्रा–छात्रलाईं खाजा ल्याउने टिफिन बक्स वितरण गरेको छ । विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेतका अनुसार ४६० जना विद्यार्थीलाई टिफिन बक्स वितरण गरिएको हो ।

‘कक्षा ६ सम्मका विद्यार्थीका निम्ति विद्यालयले नै दिवा खाजा सञ्चालन गर्दा ५०० जनाका निम्ति क्यान्टिन सञ्चालनमा छ,’ उनले भने, ‘कक्षा सातभन्दा माथिका विद्यार्थीका निम्ति चालु शैक्षिक सत्रदेखि टिफिनको समयमा विद्यार्थीलाई विद्यालय परिसर बाहिर जान नदिएर घरबाटै खाजा ल्याउने नियम लगाइएको छ ।’

प्रधानाध्यापक बस्नेतले डेढ महिने अनुभवलाई सुनाउँदै भने, ‘विद्यालयले टिफिनको समयमा बाहिर जान नदिने नियम लागु भएपछि विगतमा छुटपुट रुपमा नजानी नराम्रो लत अर्थात् कुलतमा विद्यार्थी फसेका घटना पनि छन् ।

अहिले त्यस्तो कुनै घटना भएको छैन ।’ उनले विगतमा टिफिनको समयमा विद्यार्थीबीच केही सीमित विवादका घटनाहरु पनि हुने गर्थे । तर, यतिबेला विद्यालयमा कुनै सानो भन्दा सानो घटना पनि सुन्न पाइएको छैन ।

नेपालीहरूको खाने बानीमा आएको परिवर्तनले मौलिक खानालाई आयातीत अस्वस्थकर खानेकुराले विस्थापित गरेको सन्दर्भमा विद्यालयले थालेको अभियानले समाजमा परिवर्तन ल्याउने ठानेर टिफिन बक्स प्रदान गरिएको लायन्स क्लब अफ ३२५ सी का डिस्ट्रिक गर्भनर धीरज गुरुङ्ले बताए ।

खास गरेर विद्यार्थीलाई जनचेतना जगाई नैतिक, चरित्रवान, जिम्मेवार र असल नागरिकको बनाउन विद्यालयले थालेको अभियान उदाहरणीय भएको गुरुङले बताए ।

बजारका खानेकुरा खाए इज्जत बढ्छ, ठूलो भइन्छ भन्ने भ्रम कतिपयमा रहेको र त्यसलाई चिर्न विद्यालयले थालेको अयिभानले परिवर्तन ल्याउने आशा जागेको इटहरी वडा नं. १ का वडाध्यक्ष रतन कार्कीले बताए ।

कक्षा १० मा अध्ययनरत छात्रा विट्रेन कार्कीले पौष्टिक खानेकुरा छाडेर बजारका जंक फूड खाने प्रवृत्तिलाई निरुत्साहित गर्ने अभियान छोटो समयमै सफलता प्राप्त गरेको बताइन् । ‘पत्रु खानेकुराले हामी थुप्रैमा मोटोपनको शिकार मात्र भइरहेका छैइनम्, शारीरिक विकासमै असर परेको छ,’ उनले भनिन् ।

विद्यालयले जंक फुड अर्थात् पत्रु खाना नियन्त्रण गर्न अभियान थालेपछि राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक–अभिभावक संघका सदस्य समेत रहेका शिक्षक भूवराज पुरी लायन्समार्फत टिफिन वितरण कार्यक्रम गरिएको हो ।

पुरी लायन्स/लियो क्लब अफ मनकामना इटहरीका अध्यक्ष समेत हुन् । टिफिन वितरणसँगै लायन्स/लियो क्लब अफ मनकामना इटहरीले सृष्टि नेपाललाई छ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरियो ।

विद्यार्थीका निम्ति स्टेशनरी पनि वितरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए ।

Tags: #लायन्सराष्ट्रिय माध्यमिक विद्यालयराष्ट्रिय माविलायन्स क्लब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी
समाचार

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

इटहरी : इटहरीमा लागूऔषध नाइट्राजेपाम ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा संयुक्त...

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर
खेलकुद

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

इटहरी : खेलकुदको पर्याप्त सम्भावना र पूर्वाधार हुँदाहुँदै पनि इटहरीलाई ‘स्पोर्ट्स सिटी’ घोषणा गर्न नसक्दा खेल क्षेत्रले धेरै अवसर गुमाएको...

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३
भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भदौ १९, २०८३
कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३
सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.