Friday, October 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोकाहा नदीको पानी धरान आइपुग्यो, भावविह्ल बने मेयर हर्क साम्पाङ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८०
in समाचार
0
कोकाहा नदीको पानी धरान आइपुग्यो, भावविह्ल बने मेयर हर्क साम्पाङ
332
SHARES
Share on FacebookShare on Twitter

धरान : गत पुष अन्तिम सातादेखि पानीको हाहाकार रहेको धरानमा कोकाहा नदीको पानी आइपुगेको छ । यससँगै केही राहत हुने विश्वास गरिएको छ ।

श्रमदान अभियानमार्फत् झण्डै ४० किलोमिटर दूरी पार गर्दै मध्यरातमा धरानस्थित पकुवा खोलामा पानी आइपुगेको हो । पानी धरान आइपुगेपछि धरानका मेयर हर्क साम्पाङ खुशीले रोएका छन् ।

उनै साम्पाङ मेयरमा निर्वाचित भएपछि उनकै नेतृत्वमा चलेको श्रमदान अभियानमार्फत मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी धरान २० स्थित पकुवा खोलामा झरेको हो ।

मेयर साम्पाङको प्रस्तावित साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा राखिएको ‘वास आउट पोइन्ट’ मा पानी आइपुगेपछि समर्थकहरुसँगै भावविह्वल बनेका साम्पाङका आँशु कोका खोलाबाट आएको पानीसँगै मिसिएको देख्न सकिन्छ ।

धरान २० स्थित हात्तीसारबाट बराहक्षेत्र हुँदै कोकाहा खोलाको पानी धरान आइपुगेको हो । अभियानका लागि देशविदेशबाट ४ करोड बढी स्वतःस्फुर्त आर्थिक संकलन गरिएको थियो भने खाद्यान्न र पाइपसमेत सहयोग गरिएको थियो ।

सुख्खायाममा चारदेखि ६ महिना काकाकुलको नियति भोग्नु धरानबासीका लागि अघोषित रुपमा वार्षिक क्यालेन्डर नै हो । तर, यसपटक सम्भवतः इतिहासमै सबैभन्दा बढी पानीको हाहाकार भोगिरहेका छन् धरानबासी ।

जबकी खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न भनेर एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा भूमिगत खानेपानी पनि सञ्चालनमा छ ।

स्वतन्त्रबाट विजयी भएलगत्तै खानेपानी अभियानलाई तिव्रता दिएका धरान उपमहानगरका प्रमुख हर्कराज राईलाई ‘सम्झेर’ स्वदेश र विदेशका हजारौं दाताहरू र संघसंस्थाले करिब चार करोड रुपैयाँभन्दा बढी रकम पनि पठाइसकेका छन् ।

खानेपानीकै लागि भनेर दाताहरूले रकममात्र नदिएर जिन्सीको रुपमा लाखौं रुपैयाँका पाइपसमेत खरिद गरेर दिएका थिए ।

धरान आसपासका खोलाखोल्सीहरू पकुवा, निसाने र भालुखोला छान मारेर पाइपलाइनसमेत विस्तार भएका छन् । विभिन्न ठाउँमा पानी संकलनका लागि इन्टेक ट्यांकी पनि निर्माण भएका छन् ।

धरान खानेपानी बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखा समाहित भइसकेको छ ।

संस्थानले सर्दु–खर्दु मुहानबाट हिउँदमा दैनिक करिब ४० लाख लिटर र चारकोसे जंगलमा जडान गरेको पाँचवटा डिप ट्युबेलबाट आवश्यक खानेपानी आपूर्ति गर्दै आएकोमा धरान खानेपानी आयोजनाअन्तर्गतको धरान खानेपानी व्यवस्थापन बोर्डमातहतको सातवटा डिप ट्युबेलले दैनिक खानेपानी आपूर्ति गर्दै आएको दाबी गरिएको छ ।

धरानमा वर्षेनी सुख्खायाममा खानेपानीको हाहाकार हुँदै आएको छ ।

श्रमदान अभियानमार्फत पाँच इन्चे पाइपमार्फत कोकाहाको पानी ल्याउन सफल भएपछि उनी रोए । त्यससँगै उनले धरानका खानेपानी उपभोक्तालाई तत्कालका लागि राहत हुने प्रतिक्रिया दिए ।

Tags: #धरान#धरान उपमहानगरपालिकाकोकाहाखानेपानीहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो
FEATURE BREAKING

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

by रासस
अशोज १६, २०८३
0

सुनसरी : चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा...

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित
समाचार

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

by टाकुरा न्यूज । इटहरी
अशोज १५, २०८३
0

विराटनगर : नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार भएको...

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

अशोज १५, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३
६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

अशोज १५, २०८३
इटहरीबाट गाँजा सहित एक व्यक्ति पक्राउ

५६४ किलो गाँजासहित सुमो नियन्त्रणमा

अशोज १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

अशोज १६, २०८३
विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

अशोज १५, २०८३
जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

अशोज १५, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.