मोरङ : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई कालो मोसो दलेर दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघ मोरङका सभापतिलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान सुनसरी प्रहरीले मोरङको बूढीगंगाबाट नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले सभापति पोखरेललाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।
ढकालका अनुसार पक्राउ परेका पोखरेललाई अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद थपिएको छ ।
पोखरेल नेतृत्वको समूहले अध्यक्ष दाहालको अनुहारमा सोमबार कालो पदार्थ पोखिदिएका थिए ।














Discussion about this post