तरहरा : इटहरी २० तरहराका तीर्थराज गुरागाईँ झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
बुधबार साँझदेखि घरबाट निस्किएका ३९ वर्षीय गुरागाईँ बिहीबार (आज) दिउँसो झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
तरहरा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक हर्कबहादुर लिम्बूका अनुसार इटहरी १९ मा पर्ने जंगलस्थित पर्के शिरिषको बोटमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।
‘झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर भएको थियो,’ लिम्बूले भने, ‘हामीले घटनास्थलमा गएर मुचुल्का उठाइसकेपछि शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौँ ।’
मृतक गुरागाईँ यसअघि पनि बेलाबेला घरबाट निस्किने गरेको प्रहरी नायब निरीक्षक लिम्बूले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक गुरागाईँ गत मंसिरमा भएको निर्वाचनमा लोकतान्त्रिक समाजवादीबाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए ।














Discussion about this post