झापा : झापाको कनकाई नगरपालिका ३ सुरुङ्गास्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार (आज) बिहान हायसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
बिहान ६ः३० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ८६३७ नम्बरको हायसले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ६३४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका स्कुटर चालक शिवसताक्षी नगरपालिका ११ बस्ने ४५ वर्षीय मानबहादुर बेघालाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनापछि हायस र हायस चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।















Discussion about this post