झापा : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा पहिरोमा परी मृत्यु भएका झापा अर्जुनधारा ६ का बाबु छोराको शव बुधबार झापा ल्याइएको छ।
सोमबार बिहान ताप्लेजुङ मुकुभञ्ज्याङ्ग मेहेलेमा पहिरोमा परेर ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको थियो। सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएका छन् ।
घाइते राईको हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ताप्लेजुङ्ग र झापा दुवै स्थानमा घर रहेका राई बाबुछोराको शवलाई घटनास्थलबाट झापा चारआलीस्थित नेपाली सेनाको ब्यारेकसम्म सेनाको हेलिकप्टरबाट ल्याइएर पोस्टमार्टम गरेर बुधबार कनकाई माईमा अन्तिम संस्कार गरिएको मृतकका भिनाजु तथा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले जानकारी दिए ।















Discussion about this post