झापा : झापाको कमल गाउँपालिका ३ केराधापस्थित भित्री सडकमा बसको ठक्करले एक बालकको बिहीबार मृत्यु भएको छ ।
मे१ख १५१८ नम्बरको यात्रुबाहक बसले पैदलयात्री स्थानीय ५ वर्षीय जनम थापालाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकस्थित लाईफलाइन अस्पताल पठाइएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
बससहित चालक कमल गाउँपालिका २ का ४४ वर्षीय शम्भु साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post