तरहरा : इटहरी उपमहानगरपालिका २० तरहरा स्थितबाट दुर्लभ यार्सागुम्बासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तरहराबाट चेकिङमा खटिएको प्रहरी टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको को २ ह १०७ नम्बरको अटो टेम्पो रोकी चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरेको अवस्थामा अवैध रूपमा ८ किलो २५० ग्राम यार्सा गुम्बा बरामद गरेको हो ।
यार्सागुम्बा बरामद भएसँगै ओसारपसारमा संलग्न रहेकी धरान उपमहानगरपालिका ३ की ४२ वर्षीया छजुङ्ग भोटे र अटोटेम्पो चालक धरान १९ का ४३ वर्षीय पुष्पराज राई समेतलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय तरहरा, सुनसरीमा बुझाइएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post