विराटनगर : विराटनगर जेसीजको आयोजनामा साताव्यापी तालिम सप्ताहको दोस्रो दिनको कार्यक्रम हामीले जान्नपर्छ साइबर अपराध तथा चेक बाउन्स सग सम्बन्धि तालिम सम्पन्न भएको छ ।
वडा प्रहरी कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतितिका रूपमा डीएसपी विजय श्रेष्ठ रहेका थिए । श्रेष्ठले साइबर अपराध तथा चेक बाउन्ससँग सम्बन्धित विषयमा सहजीकरण गरे ।
कार्यक्रम संयोजक उपेन्द्र पोखरेलका अनुसार साइबर अपराधसम्बन्धि जानकारी गराउन र सचेत बन्नका निम्ति उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
विराटनगर जेसीजका अध्यक्ष अभिनाष थापाले वर्तमान समयको बिकराल समस्याको रूपमा रहेको साइबर बुलिङ तथा चेक बाउन्ससँग सम्बन्धि विषयमा सबैले जान्नपर्छ भन्ने उदेश्यले कार्यक्रम गरिएको बताए ।














Discussion about this post