सुनसरीमा आज थप एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै उनको ट्राभल हिस्ट्री खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सुनसरीको रामधुनीमा एकजनामा कोरोना भाइरसको पुष्टि भएको जनाएको छ ।
ती कोरोना संक्रमित डेढ बर्षका बालक भएको खुलेको छ ।
ती बालक करीब दुई साता अगाडि भारतको नयाँ दिल्लीबाट आमा–बुवासँग आएका थिए । उनी रामधुनी नगरपालिका १ स्थित क्वारेन्टाइनमा आमा बुबासँगै थिए ।
उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपनि उनका आमा बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ ।



















Discussion about this post