झापा : झापाको दमकमा मोटरसाइकलले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ ।
दुर्घटनामा दमक नगरपालिका–२ का ८६ वर्षीय हर्कबहादुर बुढाथोकीको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ८२१० नम्बरको मोटरसाइकलले दमक–२ स्थित भित्री सडकखण्डको सनराइज बोर्डिङ स्कुलअगाडि मंगलबार साँझ बुढाथोकीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै मोटरसाइकल फरार चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।














Discussion about this post