इलाम : इलामको माईजोगमाई गाउँपालिका २ मा एक पुरुषले श्रीमतीको हत्या गरेर आफैँ आत्माहत्या गरेका छन् ।
टारसिंहका पीताम्बर खतिवडाले उनकी ५२ वर्षीया श्रीमती राधिका खतिवडाको हत्या गरेर आफैँ आत्माहत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका अनुसार, गएरातिको घटना हो । राति आमा चिच्याएको आवाज सुनेपछि १४ वर्षीया छोरी रचनाले हो–हल्ला गरेकाले घटनाबारे प्रहरीलाई जानकारी भएको थियो ।
घरभित्र चुक्कुल लगाएकै अवस्थामा राधिका घरको कोठामा लडिरहेको फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी गोर्खेबाट प्रहरी घटनास्थल पुगेको थियो ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट थप प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post