मोरङ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोसी प्रदेश सरकार सभामुखका कारण लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले विधिको शासनभन्दा माथि रहेर नवगठित सरकार बनेको भन्दै सभामुखले संविधान मिचेको आरोप लगाएका हुन् ।
उनले दलबाट सभामुख चुनिएपनि सभामुख पद तठस्थ रहने भन्दै सरकार बनाउने र गिराउने कुनै पनि अधिकार सभामुखलाई नभएको बताए ।
कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङ, अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य रुक्मणी कोइराला, नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तेजप्रसाद सिटौला, प्रदेश उपसभापति एवं राष्ट्रिय सभा सांसदीय दलका नेता रमेशजंग रायमाझी, कोसी प्रदेशका सभासद केदार कार्की, विराटनगर महानगरपालिका नगर प्रमुख नागेश कोइराला लगायतको उपस्थिति रहेको थियोे ।














Discussion about this post