Monday, November 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अपहरण गरी भारतमा बन्धक बनाएर पचास लाख फिरौती माग, सुनसरीका एक युवक पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २६, २०८०
in समाचार
0
अपहरण गरी भारतमा बन्धक बनाएर पचास लाख फिरौती माग, सुनसरीका एक युवक पक्राउ

पक्राउ परेका सन्तोष बस्नेत ।

191
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अपहरण गरी भारतमा बन्धक बनाएर पचास लाख फिरौती माग गरेको आरोपमा सुनसरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बस्ने २९ वर्षीय सन्तोष बस्नेत रहेका छन् ।

गत वैशाख २५ गते सामान खरिदका लागि भारतको बेला बजारमा गएको समयमा दुईजनालाई अपहरण गरी रकम फिरौतीको माग गरिएको थियो ।

बराहक्षेत्र ५ बस्ने १९ वर्षीय सौगात भण्डारी, सोही ठाउँका २२ वर्षीय छविलाल आचार्य, हरी आचार्य र सुनील गिरीसहित चारजना भारत गएका थिए ।

जसमध्ये भण्डारी र आचार्यलाई साँझ ५ बजेको समयमा इम्तियाज भन्ने व्यक्तिसहित सातजनाको समूहले पेस्तोल देखाएर बलपूर्वक मोटरसाइकल नियन्त्रणमा लिएका थिए ।

बन्धक बनाइसकेपछि अपहरणकारीहरूले पीडित भण्डारीका बाबुको मोबाइलमा वैशाख २६ गते भारतीय मोबाइल नम्बरबाट फोन गरी पचास लाख फिरौती रकम माग गरिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

फिरौती रकम नदिए ज्यान मार्ने धम्की समेत दिइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार रकम माग गरेपछि अपहरणकारीहरूलाई पीडितका बाबुले सोही दिन एक लाख पचास हजार रकम समेत बुझाएका थिए ।

बन्दी रहेका पीडितहरूले वैशाख २७ गते भागेर नेपाल आएको र प्रहरीमा खबर गरेका थिए ।

प्रहरीले उक्त फिरौती रकम माग्ने, लिने र मुख्य योजना बनाउने बराहक्षेत्रका सन्तोष बस्नेतलाई अनुसन्धानको क्रममा सोमबार (असार २५) गते पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

बस्नेतले नै भारतीय नागरिक इम्तियाजसँग मिलेर अपहरण गरेकको पुष्टि भएसँगै उनलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको हो ।

घटनापछि बस्नेत फरार रहेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले धरानबाट उदयपुरतर्फ भाग्दै गर्दा बराहक्षेत्र १ स्थित झण्डाचोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बस्नेतमाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

Tags: #पक्राउ#सुनसरी प्रहरीअपहरणफिरौती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…
समाचार

धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

by टाकुरा न्यूज । इटहरी
कार्तिक १६, २०८३
0

धरान : सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। गाँजा तस्करी भइरहेको सूचनाका आधारमा...

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा
FEATURE BREAKING

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

by मनाेज अधिकारी
कार्तिक १५, २०८३
0

इटहरी : नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले आगामी कात्तिक १८ गते बुधबार इटहरीमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ...

पहिलो खेलमै आयोजक गाईघाट पराजित

पहिलो खेलमै आयोजक गाईघाट पराजित

कार्तिक १५, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

उदयपुरमा सडक दुर्घटनाकाे दर बढ्दै : असाेजमा ६ जनाको मृत्यु, ९१ घाइते

कार्तिक १५, २०८३
पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

कार्तिक १५, २०८३
फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

कार्तिक १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

कार्तिक १६, २०८३
इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

कार्तिक १५, २०८३
पहिलो खेलमै आयोजक गाईघाट पराजित

पहिलो खेलमै आयोजक गाईघाट पराजित

कार्तिक १५, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

उदयपुरमा सडक दुर्घटनाकाे दर बढ्दै : असाेजमा ६ जनाको मृत्यु, ९१ घाइते

कार्तिक १५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    844 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    372 shares
    Share 149 Tweet 93
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.