Wednesday, July 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

खण्डहर छ भानुभक्तको घर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २९, २०८०
in कला साहित्य, समाचार
0
खण्डहर छ भानुभक्तको घर
73
SHARES
Share on FacebookShare on Twitter

मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति। (भानुभक्त आचार्य)

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ। माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ। घरभित्रै ठूला–ठूला काँडासहितका बिरूवा हुर्केका छन्। भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम सुरू गर्ने तयारी गरिएको छ। भानु नगरपािलका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनःनिर्माणको तयारी गरिएको हो।

भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०/८१ भित्रै घर पुनःनिर्माणको काम सुरू हुने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताए।

घर पुनःनिर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरू गरिने रानाभाटको भनाइ छ। उनले भने, ‘कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुङ्गा माटोको भए पनि घर निर्माणका लागि काम सुरू हुन्छ, नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौं।’

पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम सुरू हुनसकेको छैन। अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ। उनले भने, ‘विकास मञ्चको भर पर्दा अपजसमात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरू गर्छौं।’

भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ।

रानाभाटले भने, ‘आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ। घर पुनःनिर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ।’

पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएपछि काम सुरू गर्न नसकिएको जनाएको छ। भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ।

विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’  चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर  एक लाख रूपैयाँमा पुनःनिर्माण गरेका थिए। जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा रु एक लाख २७ हजारको क्षति भएको थियो।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताए। भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ।

भानुभक्त जन्मस्थल विकास समितिले गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ। शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ। पर्यटन मन्त्रालयको तीन करोड रूपैयाँ लगानीमा रामायण भवन निर्माण गरिएको हो। रामायण भवनलाई आकर्षकरूपमा बनाइएको छ। भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ।

भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ। गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आवद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद् भएको बताए।

भानु जन्मस्थललाई सप्तधाममा विकास गरिने

भानुभक्त जन्म्स्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचार–प्रसार गरी साहित्यिक पर्यटनका रूपमा देश–विदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ। तर पर्याप्त बजेट नहुँदा त्यसले मूर्तरूप पाउन सकिरहेको छैन।

आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक रानाभाटको भनाइ छ। चुँदीरम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरूयोजना बनाउने तयारी थालिएको रानाभाट बताउँछन्। ‘पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन’, रानाभाटले भन्नुभयो, ‘चुँदीरम्घाको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छौं।’

भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्नका लागि गुरूयोजनाअनुसार तीन करोड रूपैयाँ बजेट लाग्ने देखिएको छ। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापीठमा कच्चीबाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउँछन्।

Tags: #रासस#साहित्यभानुभक्त आचार्य
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङको राजापानीमा बाघ आतङ्क
FEATURE BREAKING

आज विश्व बाघ दिवस : गणना सार्वजनिक गरिदैँ, यसरी सर्वेक्षण गरिएको थियो यस वर्ष

by रासस
साउन १३, २०८३
0

विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९ मा मनाइन्छ । सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

मोरङमा ट्रकको चक्कामुनि परेर एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

मोरङ : मोरङको बुढीगंगा गाउँपालिका–४ अगुर दाना मिल अगाडि ट्रकको चक्काले किचेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको...

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

साउन १२, २०८३
सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

साउन १२, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

इटहरीका विद्यालयमा तीन दिन बिदा

साउन १२, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

साउन १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङको राजापानीमा बाघ आतङ्क

आज विश्व बाघ दिवस : गणना सार्वजनिक गरिदैँ, यसरी सर्वेक्षण गरिएको थियो यस वर्ष

साउन १३, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मोरङमा ट्रकको चक्कामुनि परेर एक जनाको मृत्यु

साउन १३, २०८३
देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

साउन १२, २०८३
सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

साउन १२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.