इटहरी : निरन्तर परेको वर्षाका कारण इटहरी क्षेत्र डुबानमा परेको छ । इटहरी १, १९, २०, २, ६, ७, ८, १०, ११, १२, १३ नम्बरका वडाहरूमा वर्षाका कारण डुबानमा परेको हो ।
रातिदेखि निरन्तर परेको अविरल वर्षाका कारण सडक जलमग्न भएको छ भने दर्जन बढी घरहरूमा बाढी पसेको छ ।
इटहरीको बूढीखोला र टेङ्ग्रा खोलामा आएको बाढीका कारण यहाँका बस्तीमा बाढी पसेको जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा सुनसरीमा ९७ दशमलव ८ मिलिलिटर वर्षा भएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
लगातार परेको वर्षाका कारण इटहरी, धरान, इनरुवा, बराहक्षेत्र, रामधुनी, दुहबी, लगायतका ठाउँ डुबानमा परेका छन् ।
यसैबीच निरन्तर वर्षा भएपछि इटहरी उपमहानगरपालिकाले आज शुक्रबार एकदिनका लागि विद्यालयहरूमा विदा दिएको छ ।
यस्तै, जल तथा मौसम विज्ञान विभागले इटहरीमा बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी गरेको छ ।














Discussion about this post