झापा : झापामा गएराति छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पुलमा प्र १–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ ।
मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका ११ का ५७ वर्षीय जीवन सुवेदी घाइते भएका छन् ।
प्रहरीले अटोचालक झापा गाउँपालिका २ का ३० वर्षीय श्यामसुन्दर महतोलाई नियन्त्रणमा लिएको छ ।
यस्तै, मेचीनगर १२ धाइजनस्थित मेची लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको नम्बर नखुलेको बोलेरो जीपले पैदलयात्री स्थानीय ३५ वर्षीय राजन विकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post