झापा : झापामा चार्जमा रहेको मोबाइलमा फोन उठाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको गौरीगञ्ज गाउँपालिका १ की ५५ वर्षीय सिला बुढाथोकी रहेकी छन् ।
मोबाइल चार्जमा रहेको र फोन आएपछि बुढाथोकीले फोन उठाएकी थिइन् ।
सोही क्रममा अचानक फोनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



















Discussion about this post