इटहरी : कोसी प्रदेशमा अबदेखि ट्राफिक जरिवाना भुक्तानी बैङ्कमार्फत गर्नुपर्ने भएको छ ।
प्रदेश ट्राफिक कार्यालय इटहरीले सूचना जारी गर्दै जरिवाना भुक्तानी बैँकमार्फत गर्नुपर्ने जनाएको हो ।
ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने चालक तथा सवारीधनीलाई नियमानुसार नगदी रसिदमार्फत गरिँदै आएको जरिवानालाई प्रविधिमैत्री एवम् पारदर्शी बनाई व्यवस्थित गर्न यो नियम लागू गरिएको हो ।
साउन १ गतेदेखि लागू हुनेगरी ल्याएको यो नियम पहिलो चरणमा कोसी प्रदेशका केही मुख्य सहरहरूमा लागू गरिने भएको छ ।
कोसी प्रदेशको विराटनगर महानगरपालिका, सुनसरीका धरान र इटहरी उपमहानगरपलिका, झापाको दमक र बिर्तामोड नगरपालिकाभित्रका क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले जरिवाना रकम बैङ्कमार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ ।












Discussion about this post