इटहरी : इटहरीमा सिटी सफारी चालकहरू आन्दोलित बनेका छन् । हलगडास्थित यातायात व्यवस्था कार्यालयमा सिटी सफारी चालकहरूले आन्दोलन गरेका हुन् ।
लाइसेन्स बिना नै सफारी चलाइरहेका उनीहरूले अनिवार्य बीमा गर्न लगाएर लुटतन्त्र मच्चाएको आरोप लगाए ।
बीमा गरेर पनि बीमा बापतको सेवा सुविधा उपलब्ध नगराएको भन्दै बिना बीमा सिटी सफारी नवीकरण गर्न उनीहरूको माग छ ।
सफारी नवीकरणका लागि बसाइसराइँ अनिवार्य गरेकोमा पनि विरोध गरिएको अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष कुमार तामाङले बताए ।
बीमा अनिवार्य नगर्न माग राख्दै आन्दोलन गरेका उनीहरूलाई यातायात व्यवस्था कार्यालय कोसी प्रदेशका प्रमुख राजकुमार गुप्ताले एक साताभित्रमा नीतिगत निर्णयमा सुधार गर्न पहल गर्ने आश्वासन दिएपछि प्रदर्शन स्थगित भएको थियो ।












Discussion about this post