विराटनगर : कोसी प्रदेश सरकार गठनको विषयलाई लिएर परेको रिटमाथि सर्वोच्च अदालतमा आज (आइतबार)देखि बहस सुरु हुने भएको छ ।
कोसी सरकार गठन असंवैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आजदेखि बहस हुन लागेको हो ।
सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा मुख्यमन्त्री बनेका उद्वव थापा नेतृत्वको सरकार असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री तथा एमाले कोसी प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले रिट दायर गरेका थिए ।
आजबाट दुवै पक्षले आ–आफ्नो तर्फबाट बहस गर्नेछन् ।














Discussion about this post