Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

चारजना सवार मोटरसाइकल दुर्घटना अपडेट : पाँच महिने छोरा च्यापेर सहयोगको चीत्कार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ९, २०८०
in टाकुरा विशेष, समाचार
0
चारजना सवार मोटरसाइकल दुर्घटना अपडेट : पाँच महिने छोरा च्यापेर सहयोगको चीत्कार

दुर्घटनामा गम्भीर घाइते भएका प्रेम चौधरीकी श्रीमती साजनकुमारी आफ्ना छोराछोरीसँग । तस्वीर : टाकुरा न्यूज ।

2.3k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मध्यदिउँसो मधूरो घाम लागिरहेको, तर गर्मी चर्को छ । घरको आँगनमा पाँच महिने छोरा च्यापेर छटपटिरहेकी छन्, साजनकुमारी चौधरी ।

साउन ५ गते राति १०ः४० बजेतिर इटहरी १७ कान्छीचौकमा चारजना सवार मोटरसाइकल दुर्घटना भयो ।

दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् । गम्भीर घाइते इटहरी १६ का २७ वर्षीय प्रेम चौधरीकी श्रीमती हुन्, साजनकुमारी । प्रेमको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

अचेत अवस्थामा रहेको प्रेमको अझै होस आएको छैन । डाक्टरले बचाउने आश्वासन दिएका छन् । तर, अस्पतालमा उपचारका लागि आवश्यक पर्ने आर्थिक अवस्था दयनीय हुँदा साजनकुमारी अहिले आर्थिक सहयोगको चीत्कार गरिरहेकी छन् ।

उनी आफ्ना श्रीमानको उपचारका लागि सहयोग जुटाउन एकातिर चीत्कार गरिरहेकी छन् भने अर्कोतर्फ आफ्ना नाबालक छोराछोरीको हेरचाहमा पनि उत्तिकै समय खटिरहेकी छन् । सँगै, घरायसी काममा पनि व्यस्त छिन् ।

‘खर्च अभावका कारण र अस्पतालले भनेजति पैसा जुटाउन नसक्दा उपचारमै समस्या हुने हो कि भन्ने पीर छ,’ मलीन चेहरामा साजनकुमारीले टाकुरासँग भनिन्, ‘सकेसम्म चाँडै धेरै पैसा जुटाउन पाए बचाउन सकिन्थ्यो कि ?’

उनले १० वर्षअघि प्रेमसँग प्रेमविवाह गरेकी हुन् । दिनभर मजदुरी (ज्यालादारी) काम गरेर जीवीकोपार्जन गर्दै आएका उनको परिवारसँग अहिले कमाउने मान्छे नै अचेत अवस्थामा रहेपछि अवस्था थप असहज बन्दै गएको छ ।

‘छोरी पाँच कक्षामा पढ्दै छ, छोरा भर्खरै पाँच महिनाको मात्रै भयो । घरायसी कामसँगै छोराछोरीको हेरचाह गर्दै दिन बित्छ,’ उनले भनिन्, ‘कमाउने मान्छे नै दुर्घटनामा परेर हस्पिटलमा हुँदा बिचल्ली भएको छ ।’

खर्च अभाव भएकाले अहिले केही रकम भने जुटिरहेको उनले बताइन् । इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले उपचारका लागि पचास हजार सहयोग गर्ने आश्वासन दिएका छन् । त्यससँगै स्थानीयहरूले पनि सहयोग जुटाइरहेका छन् ।

एकै गाउँका तीनजनाको निधन हुँदा गाउँ नै शोकाकूल बनेको छ । गम्भीर घाइते बनेका प्रेमलाई भने खर्च भएमा बचाउन सक्ने आशा छ ।

प्रेमका आफन्त मिलन चौधरीले उनीहरूको आर्थिक अवस्था दयनीय रहेकाले स्थानीय सरकार, सहयोगी दाता र विभिन्न निकाय गुहारेको बताए ।

‘ज्याला मजदुरी गरेर खाने मान्छे अहिले अस्पतालमा हुँदा निकै समस्या छ,’ मिलनले भने, ‘उपचारका लागि अनुमानित २५ लाखभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ ।’ उनले अहिले आँफूहरूले सहयोगका लागि दातालाई गुहारेको बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका प्रेम चौधरीको घर । तस्वीर : टाकुरा न्यूज ।

परिवारजनका अनुसार प्रेम साउन ५ गते स्थानीय कपिल चौधरीको ससुराली घर सुनसरीको मधेशा गएका थिए । प्रेमसँगै स्थानीय २६ वर्षीय करण चौधरी कपिलको ससुराली घर पाहुना गएका थिए ।

तर, राति ८ बजेतिर घर फर्कने क्रममा बीच बाटोमा आएपछि मोटरसाइकल बिग्रिएको र गाउँकै साथीहरू २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीलाई लिन बोलाए ।

दुईजना मान्छे भएका कारण दुईवटा मोटरसाइकलमा आउने विश्वासले बोलाएपनि शम्भु र अनिनेश एकै मोटरसाइकलमा गए । मोटरसाइकल स्थानीयकहाँ राखेर चारैजना एकै मोटरसाइकलमा आउने क्रममा पिकअपसँग ठक्कर भई दुर्घटना भएको परिवारको दाबी छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदैै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएको थियो ।

हालसम्म मोटरसाइकल चालक को हो भन्ने पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले भने ट्राफिक जाँचमा रहेका प्रहरीलाई छलेर भाग्ने क्रममा तीव्र गति हुँदा पिकअपसँग ठोक्किएको जनाएको छ ।

दुर्घटनामा करण, शम्भु र अनिनेशको मृत्यु भएको थियो । उनीहरूको साउन ६ गते इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा सामूहिक अन्त्यष्टि गरिएको छ ।

दुर्घटनामा सवार पिकअप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

दुर्घटनामा गम्भीर रहेका प्रेमलाई बचाउन आर्थिक सहयोग आवश्यक पर्ने भएकाले अहिले परिवारजनले सहयोगको चीत्कार गरेका छन् ।

साजनकुमारीको इटहरीस्थित प्रभु बैँकको २६७७०६६१५०८०००१८ खाता नम्बरमा सहयोगको समेत अपिल गरिएको छ । साथै, उनको मोबाइल नम्बर ९८२७३७३३०३ मा पनि सम्पर्क गर्न सकिने बताइएको छ ।

Tags: #सहयोगचीत्कारटाकुरा विशेषदुर्घटनासहयोग याचना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.