Monday, June 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

पूर्वी नाकाबाट चार करोडको १४ प्रकारका जडीबुटी निर्यात

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८०
in विविध, समाचार
0
पूर्वी नाकाबाट चार करोडको १४ प्रकारका जडीबुटी निर्यात
105
SHARES
Share on FacebookShare on Twitter

झापा : नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने १४ प्रकारका जडीबुटी भारतमा निकासी हुने गरेको छ ।

जडीबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने भारतसँगको व्यापार घाटापूर्तिमा योगदान पुगेको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका भएर पछिल्लो एक वर्षमा रु चार करोड ३० लाख छ हजार मूल्य बराबरको दुई सय ९० मेट्रिक टन जडीबुटी भारत निकासी भएको छ ।

पूर्वी नाकाबाट भारततर्फ निकासी हुने मालसामानमा जडीबुटी मुख्य वस्तु हो । यसबाहेक भेनियर काठ, मसाला बाली, औद्योगिक बालीलगायतका वस्तु निर्यात हुँदै आएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९–०८० मा काँकडभिट्टा नाका भएर निर्यात भएको सबैभन्दा बढी मूल्यको जडीबुटी चिराइतो हो । त्यसपछि क्रमशः मजिठो र पदमचाल धेरै निर्यात भएको छ ।

उनका अनुसार विगत एक वर्षमा रु दुई करोड ५४ लाख ४० हजार मूल्य बराबरको एक सय २७ मेट्रिक टन चिराइतो, रु एक करोड १३ लाख २३ हजार दुई सय मूल्य बराबरको ६७ मेट्रिक टन मजिठो र रु १३ लाख ६५ हजार तीन सय मूल्य बराबरको १२ मेट्रिक टन पदमचाल भारत निर्यात भएको छ ।

चिराइतो नेपालको एक हजार दुई सयदेखि तीन हजार मिटर उचाइको पहाडी भूभागमा पाइने बहुऔषधीय गुणयुक्त जडीबुटी हो । ‘स्वरसिया चिराता’ वैज्ञानिक नाम भएको चिराइतो महँगोमा बिक्री हुने जडीबुटी मानिन्छ । आयुर्वेदमा यसको औषधीय गुणको वर्णन गरिएको छ ।

औलोको ज्वरो, रगतमासी, महिनावारी गडबडी, कब्जियत, घाउ, खटिरा आदि रोगमा यसको सेवन औषधि हुने बताइएको छ । तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरलगायतका जिल्लामा यसको प्रचुर उत्पादन हुँदै आएको छ ।

मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरा आदि जिल्लामा पनि प्राकृतिकरूपमै चिराइतो उम्रने गरेको पाइन्छ ।

शक्तिबद्र्धक औषधिका रूपमा मानिएको पदमचाल नेपालको उच्च हिमाली भेगमा पाइने जडीबुटी हो ।

दोलखा, गोरखा, लमजुङ, म्याग्दी, रुकुम, पर्वत, कालीकोट, दैलेख, जाजरकोटलगायतका जिल्लामा पर्याप्त मात्रामा पाइने यसको व्यावसायिक खेतीसमेत हुन थालेको छ । मजिठो पनि नेपालको पहाडी भेगमा पाइने जडीबुटीजन्य वनस्पति हो ।

प्यारालाइसिस, अल्जाइमर्स, छालासम्बन्धीलगायतको रोगमा यसको प्रयोग हुने गरेको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट आव २०७९–०८० मा रु १५ लाख २१ हजार मूल्यको १३ मेट्रिक टन अमला, रु ११ लाख २२ हजार मूल्य बराबरको २८ मेट्रिक टन चुत्रोको बोक्रा, रु एक लाख ६६ हजार मूल्य बराबरको एक हजार एक सय मेट्रिक टन कुरिलो, रु आठ लाख ८५ हजार मूल्य बराबरको २५ मेट्रिक टन धुलो धुप, रु ४० हजार मूल्य बराबरको नागबेली, रु ११ हजार मूल्य बराबरको सिस्नोको जरा, रु नौ लाख २४ हजार मूल्य बराबरको १४ मेट्रिक टन रिठ्ठा र रु एक लाख ९५ हजार मूल्य बराबरको एक हजार पाँच सय मेट्रिक टन जटामसी भारत निर्यात भएको छ ।

Tags: #झापा#राससजडीबुटी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक
FEATURE BREAKING

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

मोरङ : मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना र कानुनी अनियमितताको अनुसन्धान सुरु भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडकखण्डको निर्माण...

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद
समाचार

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनाग्रस्त भारतीय नम्बरको स्कारपियोबाट एक सय चार किलोभन्दा बढी गाँजा...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३
झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

असार १, २०८३
मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

असार १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३
सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

असार १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.