दुहबी : सुनसरीको दुहबी नगरपालिका २ स्थितमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
आफ्नै घरमा सिटी सफारी चार्जमा राखेको अवस्थामा कुशुम लाला साहका छोरा ३ वर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भई उपचारका लागि विराट टिचिङ हस्पिटल लगिएकोमा उनको मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।











Discussion about this post