झापा : झापाको मेचीनगर नगरपालिका १३ कालीझोडा स्थितमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
शनिबार (आज) बिहान सवा ८ बजे पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प २१८० नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ७१८४ नम्बरको पिकअपले पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका २४ वर्षीय योगेश श्रेष्ठको उपचारको क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पिकअप र चालक इलामको सूर्योदय नगरपालिका १२ का २४ वर्षीय अनमोल राईलाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।














Discussion about this post