मोरङ : जिल्ला प्रशासन कार्यालय मोरङबाट एक महिनाको अवधिमा पाँचहजार जनाले वंशज नागरिकता लिएका छन् ।
लामो समयपछि सरकारले जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिने बाटो खुलाएपछि ५ हजारले वंशज नागरिकता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक ८० देखि एक सय हराहरीमा जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिने गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
असार ११ गतेदेखि फर्म लिएर १२ गतेदेखि नागरिकता वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालयले यो अवधिमा १२ हजार भन्दा बढीले फर्म भरिसकेको जनाएको छ।
















Discussion about this post