मोरङ : मोरङको पथरी शनिश्चरे नगरपालिका ३ बाट एकथान कटुवा पेस्तोलसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय राजकुमार तुम्बाफोलाई घरैबाट कटुवा पेस्तोलसहित आइतबार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका तुम्बाफोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post