मोरङ : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले संगठनका मोरङका अध्यक्षलाई निलम्बन गरेको छ ।
छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
दाहालमाथि कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका थिए ।
कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य९मान्यतावको विपरीत भएकोले उनीसहित केहीलाई कारबाही गरिएको अध्यक्ष शेर्पाले बताए ।
नेविसंघका नेता पोखरेललगायतले सेवा आयोगका अध्यक्ष दाहालमाथि निवासमै पुगेर केही महिनाअघि कालोमोसो दलेका थिए ।















Discussion about this post