रामधुनी : सुनसरीको रामधुनी नगरपालिका ९ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गएराति साढे ११ बजे स्थानीय २० वर्षीय नीरज चौधरी शौचालय जाने क्रममा अचानक काटिएको विद्युतीय तारमा टेक्न पुग्दा करेन्ट लागेर मृत्यु भएको हो ।
तत्काल घाइते भएका उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर लगेपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post