मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ढकालले नगरपालिका तथा वडा कार्यालयहरूमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले गत असार २२ गते दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
आयोगले शुक्रबार दायर गरेको आरोप पत्रमा ढकाललाई दुई लाख रुपैयाँ बिगोसहित कैद सजायको माग गरेको प्रवक्ता भोला दाहालद्धरा जारी विज्ञप्तिमा उल्लेख छ ।














Discussion about this post