इटहरी : लिम्बूवानको बन्दका कारण कोसी प्रदेशका केही जिल्ला प्रभावित बनेका छन् ।
बन्दका कारण सहरी क्षेत्रका धेरैजसो शैक्षिक संस्थाहरू समेत प्रभावित बनेका हुन् । कोसी प्रदेशको नाम खारेजलगायत माग राख्दै गरिएको बन्द आह्वानका कारण सोमबार (आज) केही जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
लिम्बुवान राज्यको घोषणालगायत माग राख्दै राष्ट्रिय जनमुक्तिसहितका दलले बन्द आह्वान गरेका हुन् ।
बन्दका कारण कोसी प्रदेशको सुनसरी, मोरङ, झापा लगायतका पहाडी जिल्लामा समेत जनवीवन प्रभावित बनेको छ । जसकारण छोटो तथा लामो दूरीको यात्रा गर्न समेत कठिन भएको छ ।
जनमुक्ति पार्टीका साथै संघीय लिम्बूवान पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बूवान राष्ट्रिय समिति (लोसपा) किराँत खम्बुवान राज्य परिषद्, किरात लिम्बूवान राज्य परिषद् र लिम्बूवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा बन्द आह्वान गरेका हुन् ।













Discussion about this post