झापा : झापाको दमक नगरपालिका ७ स्थितबाट अवैध औषधिसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दमक ७ का २६ वर्षीय दिपेश खड्का, दमक ६ का ३३ वर्षीय रोशन कुमार साह र दमक ८ का २६ वर्षीय सञ्जीव सुवेदी रहेका छन् ।
दमकको पशुहाट स्थितमा बिना ईजाजत औषधिहरू बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको साथबाट ट्रमाडोल क्याप्सुल ८ हजार ५ सय ६० क्याप्सुल, स्पास्पेन ७ हजार ट्याबलेट र उनीहरूले प्रयोग गरेको प्रदेश १–०१–०१२ प ८५३५ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
तीनै जनालाई आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभागको कार्यालय विराटनगरमा बुझाइको साथै अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post