झापा : झापाको कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले चिताबाटै उठाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागवत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव सोमबार चिताबाटै उठाएको हो ।
कनकाई नगरपालिका ३ निवासी ३२ वर्षीया पूजा कोचकारको सोमबार दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि कनकाई माईमा शव पुर्याइएको थियो ।
तर, प्रहरीले घाटबाटै शव उठाएर पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार स्थानीयको मौखिक उजुरीका आधारमा शव नियन्त्रणमा लिदैँ पोस्टमार्टमका लागि अस्पताल पठाइएको हो ।
कनकाई नगरपालिका ३ निवासी ५० वर्षीय चोपेन्द्र कोचकारका दुईजना श्रीमती रहेको र मृतक पूजा उनकी कान्छी श्रीमती भएको बताइएको छ ।
प्रायजसोः घरमा सधैँजसो झगडा भइरहने र जेठी श्रीमती तथा उनका श्रीमानको कुटाइबाट उनको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ ।
घटनाका विषयमा अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।














Discussion about this post