Sunday, August 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा कर समायोजन गर्न एमालेद्वारा साउन मसान्तसम्मको ‘अल्टिमेटम’, कार्यपालिका सदस्यलाई बेलैमा पढ्न नदिएको आरोप

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८०
in टाकुरा विशेष, समाचार
0
इटहरीमा कर समायोजन गर्न एमालेद्वारा साउन मसान्तसम्मको ‘अल्टिमेटम’, कार्यपालिका सदस्यलाई बेलैमा पढ्न नदिएको आरोप

मंगलबार नेकपा एमाले इटहरीद्वारा गरिएको पत्रकार सम्मेलनमा पार्टी सुनसरीका अध्यक्ष तथा कोसी प्रदेशका सांसद रेवतीमरण भण्डारी कर समायोजन गर्न माग राख्दै ।

164
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले भूमि करमा अत्यधिक वृद्वि गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ ।

एमाले इटहरी उपमहानगर कमिटिले विरोध गर्दै कर समायोजन गर्न मेयर हेमकर्ण पौडेलको ध्यानाकर्षण गराएको छ ।

मंगलबार मेयर पौडेललाई ध्यानाकर्षण पत्र बुझाएपछि एमालेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कर समायोजन गर्नका निम्ति साउन मसान्तसम्म ‘अल्टिमेटम’ दिएको जनाएको छ ।

एमाले इटहरीका अध्यक्ष यामकुमार सुब्बाले नगरमा हाल लागू गरिएको करको दर अस्वाभाविक र अव्यावहारिक रहेको बताए ।

सुब्बाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नियमित कार्यपालिकाको बैठक बसाउनु पर्ने, ६ महिनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने, कार्यपालिका छलेर तोक आदेशबाट सञ्चालन हुने योजना तथा कार्यक्रमहरू बन्द गर्नुपर्ने, नगरसभाका पूर्वतयारीका प्रक्रिया अविलम्ब कार्यान्वयन गर्नुपर्ने, निर्वाचित जनप्रतिनिधिको सम्पत्ति सार्वजनिक गर्नुपर्नेलगायत माग उल्लेख छ ।

पत्रकार सम्मेलनमा कोसी प्रदेशका सांसदसमेत रहेका एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले कर घटाउनुको कुनै विकल्प नरहेको बताए । उनले कर समायोजन गर्दा कानुनी रूपमासमेत कुनै बाधा आइनपर्ने बताए ।

भण्डारीले भने, ‘राजश्व परामर्श समितिको संयोजक उपप्रमुख हुने भएपनि नगरप्रमुखले बजेटसम्बन्धी कागजातहरू सुरुमा बहुमत जनप्रतिनिधिलाई पढ्नसमेत नदिई अन्तिम दिन पारित गर्न बाध्य पारे ।’

एमाले इटहरी ४ का अध्यक्ष सुनील कार्कीले एमालेको बहुमत भएपनि मेयर पौडेलले रणनीतिक ढंगले कर नगरसभाबाट पास गरेको आरोप लगाए ।

‘मेयर सा’बले हाम्रो कार्यपालिका सदस्यलाई बेलैमा पढ्न नदिएको र कार्यपालिका सदस्यलाई छलेर रणनीतिक ढंगले पास गर्नुभएको छ,’ कार्कीले भने, ‘कर समायोजन गर्नुपर्नेमा नेकपा एमाले जोडदार माग गर्दछ, हामीले आज बुझाएको ज्ञापन पत्रमा पनि साउन मसान्तसम्ममा कर समायोजन गर्न माग राखेका छौँ ।’

साउन मसान्तसम्ममा कर समायोजन नभए पार्टीले चरणवद्व आन्दोलन गर्ने उनले बताए । उनले भने, ‘अब तत्कालै कार्यपालिकाको बैठक नबसे थप विरोधका कार्यक्रम ल्याउने चेतावनी दिएका छौँ ।’

अघिल्लो वर्ष उपमहानगरपालिकाले ल्याएको आर्थिक ऐनभन्दा यसपटक ल्याएको आर्थिक ऐनमा भूमि करको दर अत्यधिक बढाइएपछि आँफूहरू विरोध गर्न बाध्य भएको उनले बताए ।

इटहरी नगरसभाले पास गरेको आर्थिक ऐन २०८०–८१ अनुसार इटहरीको बजार क्षेत्रको मात्रै होइन ग्रामीण क्षेत्रको जग्गाको समेत कर बढाएको छ । गत वर्ष धुरको सबैभन्दा बढी २० रुपैयाँ करको दर तोकिएकोमा यस वर्ष १०० रुपैयाँसम्म पु¥याइएको छ ।

गत वर्ष सो जग्गाको भूमि कर २० रुपैयाँ लिइँदै आएको छ । गत वर्ष प्रति धुर ३ रुपैयाँ न्यूनतम २ रुपैयाँ लिँदै अहिले खेति हुने जग्गा कै प्रतिधुर ५ रुपैयाँ न्यूनतम पु¥याइएको छ ।

यस्तो छ ध्यानाकर्षण पत्र :

Tags: #इटहरी उपमहानगरपालिकाकरटाकुरा विशेषनेकपा एमाले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

विराटनगर : विराटनगरमा चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

मोरङ : मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते...

पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

भदौ १३, २०८३
खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

भदौ १४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भदौ १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.