झापा : झापाको अन्धुवा खोलाले बगाएर दक्षिणी ८० वर्षीय वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार कचनकवल १ निवासी नरवहादुर राईको खोलाले बगाएर मृत्यु भएको हो ।
नुहाउन गएका राईलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।
खोजीका क्रममा कचनकवल १ स्थित घेरावारी पुलमुनि मृत अवस्थामा फेला पारिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post