मोरङ : मोरङको बेलबारी नगरपालिका ५ स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मंगलबार (आज) दिउँसो साढे ११ बजे घरमा जडान गरेको पंखा चलाउने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा बेलबारी ५ का २५ वर्षीय प्रेम माझीको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि कोसी अस्पताल विराटनगर लागिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।



















Discussion about this post