झापा : झापाको कमल गाउँपालिका ५ स्थित राजमार्गमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बीआर ११ एपी ४१४१ नम्बरको कारले बिपरीत दिशाबाट आउँदै गरेको मे १ प ४६४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना हुँदा मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कमल गाउँपालिका ४ का ६७ वर्षीय डोरप्रसाद खनाललाई उपचारको लागि लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने कार र चालक विराटनगरका ३१ वर्षीय रुस्तम उप्रेतीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।














Discussion about this post