बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका १० मा सामुदायिक विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा जान थालेपछि वडा कार्यालयले विद्यालय नियमित सञ्चालन गर्न निर्देशन दिएको छ ।
विद्यालयको पठनपाठन बन्द गरी शिक्षक आन्दोलनमा सहभागी हुन गएको गुनासो प्राप्त भएको जनाउँदै वडा कार्यालयले त्यसरी विद्यालय बन्द गरेर आन्दोलनमा नजान शिक्षकलाई सचेत गराएको हो ।
वडाध्यक्ष तेजबहादुर गुरुङले विद्यालय समयमा शिक्षक अनुपस्थित रहेको पाइए स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुरुप कारबाही गरिने चेतावनी दिए ।















Discussion about this post