झापा : झापाको मेचीनगर नगगपालिका ८ मा एक व्यक्तिको बीभत्स अवस्थामा शव फेला परेको छ ।
शव सोही ठाउँका ४३ वर्षीय सुन्दर किसानको रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । किसान बुधबार बेलुका खाना खाएर घर बाहिर निस्केका थिए । उनको शव बिहीबार (आज) बिहान फेला परेको हो ।
घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post